Sunday, July 22, 2012

एमाले अर्घाखाँचीद्धारा पुस्पलाल स्मृतीको अवसरमा बृक्षारोपण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३४औँ स्मृति दिवसको अबसरमा आज बिहान नेकपा एमाले अर्घाखाँचीले बृक्षारोपण गरेको छ । सन्धिखर्क गाविसको वाड नम्बर ७ बेलबाटीका स्थित अर्घाखाँची शिक्षा कयाम्पस र गंगा निमाबीको आसपासको क्षेत्रमा बेल, अमला , लाकुरी , कपुर लगायतका ४ सय बृक्षारोपण गरेको हो । बृक्षारोपणको एमालेका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेले बेलको बिरुवा रोपेर उद्घाटन गर्नु भएको हो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नेता श्रेष्ठ पञ्चायतकालमा निर्वासनमा समेत पर्नु भएको थियो । श्रेष्ठको जन्म विसं. १९८१ असार १५ गते रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो । निर्वासनका बेला भारतमा निधन हुनुभएका श्रेष्ठको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति दिएको थिएन । सहिद गङ्गालाल श्रेष्ठकाभाई पुष्पलालले २००६ सालमा भारतको कलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलोपटक अनुवाद गर्नुभएको थियो ।