Monday, July 23, 2012

अर्घाखाँचीको नरपानी दहखोलामा फोर्स जिप दुर्घटना

आईतवार साँझ अर्घाखाँचीको नरपानी ५ दहखोलामा फोर्स जिप दुर्घटनामा ज्यान गुमाएका १५ जना सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा अर्घाखाँची बाँगी २ का ३० वर्षिय गाडी मालिक नारायण प्रसाद पन्थी कपिलवस्तु बुड्डी ६ का २७ वर्षिय गाडी चालक राजेन्द्र चौधरी सीतापुर-३ का १८ वर्षिय सहचालक पदम क्षेत्री अर्घाखाँची केरुङ्गा ६ घर भई जन सम्पर्क कार्यालय सन्धिखर्कमा कार्यरत २५ वर्षिय मेघराज खनाल र दाङ्ग गडवाहका ४२ वर्षिय कृष्ण चौधरी वाङ्गला ३ देउरालीकी २२ वर्षिय सीता बस्नेत हंसपुर-१ की मीना नेपाली कपिलवस्तु महेन्द्रकोट भेलाई १ की २७ वर्षिय शारदा बेल्बासे कपिलवस्तु महेन्द्रकोट भेलाई १ का ओमप्रकाश बेल्बासे जुकेना-२ की ४६ वर्षिय चेतकला न्यौपाने ठाडा-९ की ३९ वर्षिय शान्ता अधिकारी ढाकावाङ्ग ५ का ३५ वर्षिय केशव थापाखाचिकोट ५ की कमला पौडेल नवलपरासी रुपेडिया २ का २२ वर्षिय अंगद मुसहर र नवलपरासी २ का ३२ वर्षिय गेडाहा मुसहर रहेका छन् । मृतकमध्ये १५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । मृतकहरुको शव आफन्तलाई बुझाई सकेको जनाईएको छ । बुटवलबाट आईतवार सन्धिखर्क जाँदै गरेको बा २ ख ७९४८ नम्बरको फोस्र गाडी गोरुसीङ्गे-सन्धिखर्क सडकखण्डको दह खोलामा बेलुका ५ बजे सडकबाट करीब २ सय मीटर तल खोलामा खसी दुर्घटना ग्रस्त भएको थियो । भने अहिले अर्घाखाँची शोक मग्न छ।