Monday, July 30, 2012

नेबिसंघद्धारा दुर्घटनाको सत्य तथ्य छानबिन सन्धिखर्कमा एक घण्टा चक्का जाम

रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गर्न राज्यलाई दबाब दिन नेपाल बिद्यार्थी संघले आज एक घण्टा चक्का जाम गरेको छ । घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्न दबाब सिर्जना गर्न पर्ने भएकाले दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा सन्धिखर्कमा चक्काजाम गरिएको नेबिसंघ अर्घाखाँचीले बताएको छ । गएको असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४ गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा निधन भएको थियो । अभियुक्तहरुले क-कसलाई उक्त दिन फोन सम्पर्क गरेका थिए घटना पश्चात अभियुक्त मध्येकै ब्यक्तिले मुख्य अभियुक्तलाई घटना घटेको ५ मिनेट भित्रै घटना स्थल पुगेर उद्धार गरेको तर गम्भिर घाइते चन्द्रमणी पाण्डेलाई कुनै वास्ता नगरेको मृतकको मुखमा बाहेक शरिरको अन्य कुनै पनि भागमा घाउचोट नभएको आदि इत्यादि शंकास्पद कुराले रहस्यमय तवरले घटना घटाइएको हुँदा अविलम्ब छानबिनको माग गर्दै नेबिसंघले एक घण्टा चक्का जाम गरेको हो । चक्काजाम पछि भएको शोक सभामा नेपाली काग्रेसका जिल्ला सचिब बासदुदेब आचार्य महाधिबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान महासमिति सदस्य लक्ष्मी श्रेष्ठ नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेबिसंघका जिल्ला उपसभापति दुर्गाप्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।

Thursday, July 26, 2012

अर्घाखाँचीमा टेली चलचित्र "कलियुग नयाँ जमानाको" छायाकंन

आकार न् त्य तथा म्युजिक सेन्टरको ब्यानरमा टेली चलचित्र "कलियुग नयाँ जमानाको" छायाकंन सुरु भएको छ। सामुदायिक टेलिभिजन अर्घाखाँची मार्फत प्रसारण गरिने भनिएको टेलीफिल्मको छायाकंनमा अर्घाखाँची डट्कमले प्राबिधिक सहयोग गरेको छ । बदलिदो फरक परिस्थिती र युवायुवतीहरुले गर्ने "ओभर पहिरन" को मुख्य बिषय बस्तुलाई समेटेर निर्देशक तथा कथालेखक मदन नेपालीको निर्देशनमा आउन लागेको सो टेलीचलचित्रले बदलिदो सामाजिक परिस्थिती र बिकृतिको कथालाई समाजमा सकारात्मक परिवर्तनको सवांहक बनाउने उद्देश्य राखिएको छ । टेली चलचित्रमा प्रस्तुत हुने कलाकारहरु सबै अर्घाखाँचीकै छन । अर्घाखाँची ढाकावाङ , डिभर्ना , वागी लगायतका कलाकारले आफ्नो बिभिन्न भुमिकामा प्रस्तुत हुने छन । अर्घाखाँचीका बिभिन्न प्रसिद्द स्थान हरुमा यो टेली फिल्म सुटिङ भईरहेको छ । कथाले मागेको र निर्देशनको राम्रो समन्वयबमा यो टेली चलचित्र निर्माण हुने लागेकोले अर्घाखाँचीबासीको मन जित्ने प्राय निस्चित भएको निर्माण पक्षको दावी छ ।