पाणिनी तपोभुमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि भन्दै नेकपा एमाले अर्घाखाँचीले पाणिनी तपोभूमि पणेनामा जिल्ला कमिटीको पुर्ण बैठक गरी पाणिनी तपोभूमि क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गर्न माग गरेको छ । संसारकै महत्वपुर्ण र ऐतिहासिक स्थल हुँदा हुदै पनि पाणिनी तपोभुमि ओझेलमा परेको भन्दै एमालेले पाणिनी क्षेत्रको प्रर्वधनका लागि सबै पक्षसँग आग्रह गरेको छ । एमालॆले पाणिनी क्षेत्रको व्यापक प्रचार प्रसार गरेमा विश्वभरका असंख्य पर्यटक भित्र्याउन सकिने भन्दै प्रचारप्रसारका लागि संचारकर्मीहरुको समेत ध्यानाकर्षण गराएको छ । एमालेले जिल्लाका पर्यटकीय स्थलको संरक्षण सम्वर्दन र प्रचार प्रसारको लागि पार्टीको पुरै शक्ति लागि पर्ने जनाउँदै पाणिनी तपोभूमीको विकासको लागि ५० हजार नगद उपलब्ध गराएको छ । सदरमुकाम सन्धिखर्कबाट ७ कोष टाढा पर्ने पाणिनी तपोभूमी पणेनामा बैठक बस्न एमालेका केन्द्र अञ्चल र जिल्लाका नेताहरु जमघट भएका थिए । बैठकमा एमालेका पुर्व स्थायी कमिटी सदस्य मोदनाथ प्रश्रित केन्द्रीय लेखा आयोगका सदस्य विष्णु पन्थी अञ्चल कमिटी सचिव खिमलाल भट्टराई लगायतले प्रशिक्षण दिएका थिए । बैठकले अखण्ड लुम्बिनी प्रदेशको माग अगाडी सारेको छ । भौगोलिक आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसावले लुम्विनि अञ्चल टुक्राउन नहुने भन्दै एमालेले लुम्विनि अञ्चलमा अरु केही जिल्ला समावेश गरी लुम्बिनी प्रदेश बनाउनु पर्ने निर्णय गरेको एमाले प्रंचार विभाग प्रमुख प्रेम नारायण गैरेले बताए । बैठक एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Tuesday, May 15, 2012
अर्घाखाँचीको पाणिनी तपोभूमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि एमाले बैठक
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
3:18 AM
Thursday, May 03, 2012
अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए। उदघाटन समितिका अध्यक्ष सरोज भटराईको अध्यक्ष गणेश खनालको सचालन र प्रकाश बस्नेतको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार राजु नेपाली जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल एमालेका अध्यक्ष रामजी प्रसाद घिमिरे राष्टिय जनमोर्चाका झविलाल थापा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ चन्दनाथ गणका गणपति रामकाजी राना प्रनाउ अरुण पौडेल लगायतका राजनीतिक दलका नेता सचारकर्मी उद्योगी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । खेलकुदको लागि चन्दनाथ गणका नेपाली सेना र प्रहरीले सरसफाई गरेका थिए ।
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:13 AM






















































