Monday, July 30, 2012

नेबिसंघद्धारा दुर्घटनाको सत्य तथ्य छानबिन सन्धिखर्कमा एक घण्टा चक्का जाम

रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गर्न राज्यलाई दबाब दिन नेपाल बिद्यार्थी संघले आज एक घण्टा चक्का जाम गरेको छ । घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्न दबाब सिर्जना गर्न पर्ने भएकाले दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा सन्धिखर्कमा चक्काजाम गरिएको नेबिसंघ अर्घाखाँचीले बताएको छ । गएको असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४ गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा निधन भएको थियो । अभियुक्तहरुले क-कसलाई उक्त दिन फोन सम्पर्क गरेका थिए घटना पश्चात अभियुक्त मध्येकै ब्यक्तिले मुख्य अभियुक्तलाई घटना घटेको ५ मिनेट भित्रै घटना स्थल पुगेर उद्धार गरेको तर गम्भिर घाइते चन्द्रमणी पाण्डेलाई कुनै वास्ता नगरेको मृतकको मुखमा बाहेक शरिरको अन्य कुनै पनि भागमा घाउचोट नभएको आदि इत्यादि शंकास्पद कुराले रहस्यमय तवरले घटना घटाइएको हुँदा अविलम्ब छानबिनको माग गर्दै नेबिसंघले एक घण्टा चक्का जाम गरेको हो । चक्काजाम पछि भएको शोक सभामा नेपाली काग्रेसका जिल्ला सचिब बासदुदेब आचार्य महाधिबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान महासमिति सदस्य लक्ष्मी श्रेष्ठ नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेबिसंघका जिल्ला उपसभापति दुर्गाप्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।