Monday, July 16, 2012

अर्घाखाँचीको चुत्राबेसीमा रहेको सिद्धेश्र शिब मन्दिरमा साउने मेला

अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा  आज देखि एक महिना धार्मिक साउने मेला शुरु भएको छ । धार्मिक मेलामा हजारौ भक्तजनहरुको उपस्थिति रहेको छ । आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । त्यस मन्दिरमा  देबघाटमा रहेको गंगाजीको जल लयाइउको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबिलंगमा अर्पण गरिएको छ । ऐतिहासिक  धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा अहिले स्फटिकको शिबिलंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ   । स्फटिकको शिबिलंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिरब्यबस्थापन समितिले बताएको छ । साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको  प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर् याउने छ ।