Wednesday, July 11, 2012

अर्घाखाँचीमा असार महिना

तलका तस्बिरमा असार महिनाको बेला सन्धिखर्क- खाचिकोट र ढिकुराका बिभिन्न स्थानमा पर्ने सुन्दर मनमोहक द् ष्य । समयमै पानी परे पछी किसानहरुमा खुशी छाएको छ। साथै किसानहरु खेत रोप्न व्यस्त छन। जङलका खोल्साहरुमा पानीका मुल फुटेर आएका देखिन्छन भने खोलाहरुमा धामिलो पानी उच्च गतिमा बगेको देखिन्छ । माथि - माथि डाँडाहरु पनि कुहिरो लाग्नुका साथै जताततै हरियाली देखिन्छ । यसैगरी कयौ गाबिसबाट अर्घाखाँची डट्कमलाई प्राप्त खवर अनुसार निरन्तर वर्षाका कारण जिल्ला सदरमुकाम र बाहिर चल्ने यातायात प्रणाली कची मोटर बाटोहरु भत्कदा र पहिरो जादा पूर्ण रुपमा बन्द भएका छन। विधुतिय प्रणालीमा पनि नियमित हुन सकेको छैन । पछील्लो समयमा प्राय यातयात सुविधा लिदै आएका अर्घाखाँचीबासी टाढा - टाढा हिडन पनि पैतल गरेको देखिन्छ ।