Wednesday, June 27, 2012

अर्घाखाँचीको विकास निर्माणमा सेना

चन्द्रनाथ गणले अर्घाखाँचीको खनमा रहेको किरण निम्म माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ । खन ५ निन्नु खर्कमा रहेको सो विद्यालयको २ कोठे भवन निर्माण गरेको हो । दुई कोठे भवन र विद्यालय वरीपरिको मैदान करिव १ महिना लगाएर निर्माण कार्य सम्र्पन गरेको चन्द्रनाथ गणका कर्नेल रामकाजी रानामागरले जानकारी दिनुभयो । दैनिक रुपमा ३० जना नेपाली सेनाका जवानहरुलाई पठाई १ महिनामा भवन निर्माण गरिएको मगरले बताउनुभयो । भवन निर्माण पछि भन्डै १ सय विद्यार्थी लाभन्वित भएको जनाईएको छ । नेपाली सेनाले विकास निर्माणमा स्थानीय जनता संग सहकार्य गरेकोमा स्थानीय वासिन्दामा खुसीयाली छाएको छ । सम्बन्धित निकायले वास्ता नगरेको बेला नेपाली सेनाले आफनो शक्ति लगाएर भवन निर्माण गरि दिएको आफुहरु निकै आभारि रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भोजराज रिजालले बताउनुभयो । पहिला भौतिक संरचना नहुदाँ विहान सबैरै आएर ठाउँ रोक्नु पर्ने स्थिती रहेको थियोतर अहिले त्यो समस्या पनि हल भएको विद्यार्थी प्रदिप खनालले बताउनुभयो । पहिला पहिला खेलको लागी मैदान पनि थिएन अहिले आर्कर्षक मैदान निर्माण गरिएको छखेल्न छुट्टै आनन्द आएको खनालले थप्नुभयो । आफुले जिल्लाको विकासमा सहयोगीको भुमिका निर्वाह गदै आएको बताउदै कर्नेल मगरले पुल पोलेसाबजार सरसफाई मन्दिर निर्माण लगायतका काममा सहयोग गदै आएको सेनाले जनाएको छ । श्रम बाहेक अन्य आवश्यक साम्रगीको अवस्था भेन स्थानीय वासिन्दो जुटाएको जनाईएको छ ।