अर्घाखाँचीको खन मखातमा पहिलो पटक बस पुगे पछि स्थानीय बासिन्दा पंचेबाजा बजाएर नाचगान गरि खुसियाली मनाएका छन् । कडा चटान फोरेरगाविस जिबिस फनबोर्ड र संसद बिकास कोषको गरि कुल एक करोड ५० लाखकोलागतमा अर्घाको बिहार देखि खन सम्मको १२ किलोमिटर मोटर बाटो निर्माण भएर पहिलोपटक बस पुगे पछि स्थानीय बासिन्दा हर्षित भएका हुन् । मोटर बाटोको उद्घाटन शान्ती तथा पुननिर्माण मन्त्रि टोपबहादुर रायमाझीले गरेका थिए।





