"हरित अर्थतन्त्र दिगो विकासको मूल मन्त्र" भन्ने नाराका साथ विश्व वातावरण दिवसको अवसरमा अर्घाखाँचीको श्री चन्दननाथ गण म्याल पोखरी ब्यारेकले एक हजार जति विभिन्न जातका विरुवा रोपेको छ । गणका नेपाली सेनाले ब्यारेक भित्रको क्षेत्रफलमा विभिन्न जातका विरुवा रोपेको हो । रुख रोपौ हरियाली बढायौ भन्ने उद्देश्यले गणका करिब ८ सय सेनाले मंगलवार विहानभरी विरुवा रोपका थिए । गणका निमित्त गणपति भुवनेश्वर आचार्य लगायत सेनाका अधिकृत देखी जवानहरुले विरुवा लगाएको गणले जनाएको छ । सेनाले यस अघि विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । विरुवा लगाउने कार्यक्रममा आचार्य सहित नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा कान्तिपुर दैनिकका पत्रकार वीरेन्द्र केसी प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल अन्नपुर्ण दैनिकका प्रेमनारायण अचार्य लगायत अर्घाखाँची टेलिभिजनका क्यामरा पस्रनहरुको उपस्थिति रहेको थियो ।
Tuesday, June 05, 2012
चन्दननाथ गण अर्घाखाँचीले बृक्षा रोपण गर् यो
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:05 AM