Sunday, March 18, 2012

अर्घाखाँचीको ठाडामा प्रर्दशन तथा विविध सस्कृतिक कार्यक्रम

पर्यटनका लागी सँगसगै अर्घाखाँची जाऔ पर्यटकीय स्थलको अवलकन गरौ भन्ने मुल नाराका साथमा जिल्लाको दक्षिण भेगमापर्ने ठाडामा वृत्तचित्र नमस्ते अर्घाखाँची प्रर्दशन तथा विविध सस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। २ दिन सम्म चलेको कार्यक्रमा रष्ट्रिय स्तरका कलाकारहरुले गित तथा न्र त्व प्रस्तुत गरेका थिए । जिल्लामा पहिलो पटक आएका चर्चित कलाकार राजेश पायल राईले दर्जन गित गाएर उपस्थित दर्शकलाई छमछमी नचाए । दर्शन नमस्ते शिलशिला लगायतका चर्चित गित गाएर दर्शकलाई गितमा गित मिलाएका थिए । कलकार राजु परियारले मैले छोएको पानी नखानु लगायतगित गाएका थिए । जिवन परियार टिका पुनसुदिप सागर लगायत हास्यकलाकार मेरी बास्सै की चमसुरी जिरे खुसार्नी की हात्ती लगायतले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाएका थिए । वृत्तचित्र नमस्ते अर्घाखाँचीका निर्माता परिकल्पना निर्देशक हेमन्त कुमार बेल्बासेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हजारैको सहभागीता थियो ।