Wednesday, March 14, 2012

वाङ्गलाको मथुरावेशीमा श्रीमद्भागबत ज्ञान महायज्ञ

अर्घाखाँचीको वाग्ला मथुरामा सहकारी अस्पताल निर्माण र कृषि क्याम्पस निर्माणका लागि सुरु भएको एक हप्ते श्रीमद्भागबत ज्ञान महायज्ञ सम्पन्न भएको छ । महायज्ञमा २ करोड ६ लाख भन्दा बढी आर्थिक संकलन भएको भएको छ । सरकारी अस्पताल र कृषि क्याम्पस निर्माणर्थ शुरु भएको एक हप्ते श्रीमद्भागबत ज्ञान महायज्ञमा बाचन प्रबिण पं. दिनबन्धु पोख्रेलले कथा बाचन गनु भएको थियो । ऐतिहासिक तथा धार्मिक स्थल गोपेश्र पीठ मथुराभाममा सहकारी अस्पताल निमाृण कृषि क्याम्पसको पुर्बाधार निर्माण बृद्धाश्रम निर्माण गोपेशर पीठको संरक्षण गर्न महायज्ञ आयोजना गरिएको र उठेको रकमको सहि सदुपयोग गर्ने श्रीमद ज्ञानमहायज्ञ मुल आयोजक समितिका संयोजक डाक्टर रामबहादुर बिसीले बताउनु भयो । नेपाल सरकार स्थानीय बिकास मन्त्रालयबाट स्थानीय बिकास मन्त्रि टोपबहादुर रायमाझिको पहलमा ३१ लाख जिबिस अर्घाखाँचीबाट २० लाख महायज्ञमा ब्यकि्रगत रुपमा सबै भन्दा बढि दान दिने स्थानीय ९२ बर्षिय जीबनारायण अधिकारी र अधिकारीको परिबारबाट १५ लाख ७ हजार लगायत बिभिन्न गाविस सरकारी तथा गैर सरकारी सस्था र ब्यक्तिबाट गरि कुल २ करोड ६ लाख ६३ हजार ८ सय ९४ रुपिया संकलन भएको । श्रीमद् भागबत ज्ञान महायज्ञको समापन समारोह ९२ बर्षिय जीबनारायण अधिकारीको प्रमुख आतीथ्यता महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा रामबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।