खेलौ होली : गत एक हप्ता अघिदेखि बिधि पुर्वक भित्रिएको "होली" पर्व आज तराइका बिभिन्न स्थानमा धुमधामले मनाइएको छ ! असत्य माथि सत्यको जित भएको खुसीयालिमा एक अर्कामा सप्तरगी रन्ग दलेर मनाइने यो पर्वमा स-परिवार एकजूट भई मीठामीठा परिकार बनाइ खाने खुवाउने प्रचलन छ ! खास गरि हिन्दु धर्मावलम्वी हरुले मनाउने यो पर्व हाल सबै धर्मावलम्वी हरुले मिलेर मनाउने गरेको पाइन्छ ! नेपाल - भारत लगायत बिश्वका अन्य मुलुकमा यो पर्व मनाउने गरिएको भए पनि हाल बिश्वका अन्य मुलुकहरुमा पनि मनाउने गरेको देखिन्छ ! देशका बिभिन्न स्थानमा आ-आफ़्ना तरिकाले मनाउने यो पर्व नेपालको पहाडी भागमा भने अन्न उब्जनि राम्रो होश भन्दै खेत बारिको सिरानमा "चिर" पोली होली गीत गाइ मनाउने गरिन्छ !यसै क्रममा नेपालका बिभिन्न स्थानमा "होलि" पर्व मनाएका द्रीश्य (तस्विरहरु) अर्घाखाचि डटकम डेस्कमा प्राप्त भएका छ्न ! खास गरि बुटवल र अर्घाखाचिका बिभिन्न स्थानमा मनाएका तस्विर हरु यहा प्रस्तुत गरिएको छ ! - तस्विर : उमाकान्त पाण्डे गाउले - अर्घाखाँची - बुटवल !
Friday, March 09, 2012
रङैरङको पर्व फागू पूर्णिमा - होली - २०६८
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
4:09 AM