अर्घाखाँची जिल्लाको पश्चिम क्षेत्रमा पर्ने गोखुङा गाबिसबाट काठमाडौं गएर बसेकाहरुको सस्था गोखुङा सम्पर्क समाजले फाल्गुन २० गते बनभोज कार्यक्रमको आयोजना गर्यो । उक्त पिकनिक कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो। साथै उक्त बनभोजमा नाच-गितले रमाइलो गर्नुका साथै समाजका भावी योजनाका बारेमा एक आपसमा छलफल गरिएको थियो। बसन्त ॠतुको आगमन सँगै रङको पर्व होली नजिकै गर्दा आयोजना गरिएको उक्त भोजमा उपस्थित गोखुङाबासीहरु आफ्ना गाउँ, पुराना साथी- नातागोता, घरगोठ, पधेरा, स्कुल जीवनका गफ-गाफमा व्यस्त थिए। दिनभर रमाइलो गरेका थिए।
Tuesday, March 06, 2012
गोखुङा सम्पर्क समाजको काठमाडौंमा बनभोज कार्यक्रम सम्पन्न
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:14 AM