अर्घाखाँची जिल्लाको खाचिकोट गाबिस वार्ड न् ५ फुदबाङ बजार स्थित साना किसान कृषि सहकारी सस्था लि को सातौ वार्षिक साधारण सभा तथा भवन उद्घाटन समारोह खाचिकोटको फुदबाङ बजारमा सम्पन्न भ्एको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार अर्थ मन्त्रालयका सह-सचिब लोक दर्शन रेग्मी तथा साना किसान बैंकका केन्द्रिय अध्यक्ष खेम पाठकको उपस्तिथी रहेको थियो । नयाँ भवनको उद्घाटन समारोह कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष ढुणिराज ज्ञवालीले गरेका थिए भने सो कार्यक्रममा काङ्रेसका जिल्ला सचिब बासुदेव आचार्य, राजमो जिल्ला सचिब थम्मन के सी, माओवादीका गाबिस इन्चार्ज बाबुराम आचार्य, राजमो खाचिकोट गाबिस अध्यक्ष सिद्दी राज भट्टराई, एमालेका गाबिस अध्यक्ष लक्ष्मण कंडेल, काङ्रेसका बिष्णु भुसाल लगायत ६०० जना सेयर सदस्य एवम स्थानियहरुको उपस्थिती रहेको थियो। साथै उक्त कार्यक्रममा स्थानिय बालबालिकाहरुले संगीत, न् त्य प्रर्दशन गरेका थिए। उद्घाटन समारोह कार्यक्रमको सन्चालन साना किसानका प्रबन्धक बिष्णु मरासिनिले गरेका थिए। सभाले नयाँ नेत्रुत्व बनाउने र नयाँ नेत्रुत्वको लागि सहमतिय आधारमा जाने भनेता पनि सहमती जुट्न नसके पछी अन्तत निर्वाचन प्रकियाबाट भए पनि नयाँ सन्चालक समिती निर्माण गर्ने सह्मती भएको जनाइएको छ। सस्थाले हाल सम्म ३ करोडको सेरोफेरोमा कारोबार गरेको छ। भने नयाँ भवनको निर्माण सस्थाका सेयर सद्स्य र सस्थाको आन्तरिक कोष, चन्दा आदीको सहयोगबाट निर्माण भएको हो ।
-----------------------------------------------------------------
पुष्पा भुसाल,अर्घाखाँची क्षेत्र नं.२ की सभासद
Saturday, December 17, 2011
खाचिकोटको फुदबाङ बजारमा साना किसान कृषि सहकारी सस्थाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन समारोह
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
6:20 AM