Sunday, December 18, 2011

तस्बिरमा:- बिकास र स्थानिय कार्यक्रमका लागि स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझी गृह जिल्ला अर्घाखाँचीमा

स्थानीय बिकास मन्त्री तथा एकिकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझी यतीबेला आफ्नो गृह जिल्ला अर्घाखाँचीमा छन। मन्त्री रायमाझी जिल्लामा अनेकौ बिकास कार्य लगायतका कार्यक्रममा सहभागी भएका छन। अर्घाखाँचीको कर्याली भनेर चिनिने सिमलपानी गाविसमा सामुदायीक बिद्युतीकरणको मन्त्री रायमाझीले समुद्घाटनमा गरेका छन । सामुदायीक बिद्युतीकरणको ४७ लाखको लागतमा सम्पन्न बिद्युतीकरणबाट सिमलपानी गाविसका ५ र ९ वाडका झण्डै दुईसय घरपरिबार लाभान्वीत भएका छन् । यसैगरी उता स्थानीय विकास मन्त्री रायमाझीले खाँचीकोट गाविसको शौरखा खानेपानी तथा सरसफाई योजनाको उदघाटन गरेका छन । फनवोर्डको आर्थिक सहयोग रेडा पाल्पाको प्राविधिक सहयोग र स्थानीय जनश्रमदान गरि २३ लाख १ हजार ९ सय ७१ रुपैयाँको लागनीका खानेपानी योजना सम्पन्न भएको छ । उक्त खानेपानीबाट खाँचीकोटका १ सय ३७ घरदुरी लाभाविन्त भएका छन । गाउँमा खानेपानी आएपछि गाउलेमा खुसीयाली छाएको छ ।