Sunday, December 25, 2011

सन्धिखर्कमा काङ्रेसको भात् सास्कृतिक संघको आयोजनामा भव्य सभा एवम सास्कृतिक कार्यक्रम

अर्घाखाँचीको नगरपालिका सन्धिखर्कमा नेपाली काङ्रेसको भात् सास्कृतिक संघको आयोजनामा एक भव्य सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस्य नरहरी आचार्य रहेका थिए । कार्यक्रममा नेपाली काग्रेसकी केन्द्रिय सदस्य एवं क्षेत्र नं.२ की सभासद पुष्पा भुसालको उपस्थिती रहनुका साथै सास्कृतिक आमसभामा कलाकार दिलिप रायमाझी देवीराम पराजुली महिमा सिलवाल पुष्पा मौनाली जानु सुनार संगम गुरुङ्ग शिवहरी वैरागीशान्ता खासु मगर लगायतका एक दर्जन भन्दा बढी कलाकारले दर्शकलाई रमाईलो गराएका थिए । कार्यक्रममा काग्रेस जिल्ला सभापति कमलप्रसाद भुसाल सचिव अधिवक्ता वासुदेव आचार्य प्रभावशाली नेता विष्णु मुस्कान कोषाध्यक्ष हरि बहादुर खडका क्षेत्र नं- १ सभापति चन्द्रमणी पाण्डे २ का मनिराम पौडेल लगायतका काग्रेस नेता तथा कार्यक्रता थिए भने सयौ दर्शकको सहभागीता थियो ।