Saturday, November 26, 2011

नरपानीमा चुनढुंगा उत्खनन

नरपानीमा चुनढुंगा उत्खनन गरेको छ वर्षमा मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । खानेपानीको मुहानै सुकेपछि गाउँले चिन्तित भएका छन । नरपानीको नर्तनााचल पहाडको फेदीको कालापातल मुहानबाट वाहै्र महिना निस्कने पानीको मुहान अहिले सुकेको छ । मुहान सकेपछि खानेपानीका टयाकीमा ढुङ्ग भरिएका छन । यो मुहानबाट नरपानी ४ ५ र ७ वडाका करिब ३ हजार जनसंख्याले पानी खादै आएका थिए । यस अघि व्यवासायीक रुपमा तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका गाउँलेले धारमा पानी बन्द भएपछि तरकारी खेती पनि बन्द भएको छ । सरकारले १५ वर्षसम्म चुनढुंगा उत्खनन गर्न भारतको डाईनेष्टिक कम्पनीलाई अनुमति दिएको छ । उत्खनन कार्यको ६ वर्ष भित्रै एकाएक खानेपानीका मुहान सुकेपछि गाउँले संकटमा परेका छन । जिल्लामै सबैभन्दा खानेपानीका मुहान धेरै र ठुलो भएकाले नरापानीबाट सदरमुकाम सन्धिखर्क लगायत पाली खाँचीकोट सितापुर लगायतका गाविसमा यही मुहानबाट पानी लगिएको छ । ठुलो पहाड र जंगलले घेरिएकाले यहा पानीका मुलहरु धेरै थिए । नरपानीका विभिन्न मुहानबाट करिब १ लाख जनसंख्याले पानी खाँदै आएका थिए । सदरमुकाममा आउने मुहान पनि सुक्दै गएको स्थानीयले बताएका छन । खानेपानीका मुहान नै सुकेको विषयलाई लिएर नरपानीका सबै गाउँलेले उत्खनन सधाकै लागि बन्द गर्न भन्दै आईतवार देखी आन्दोलन गरिरहेका छन । यसैगरी समाचार स्रोत अनुसार हालै नरपानीमा राष्ट्रिय जनमोर्चा लगायतका बिभिन्न राजनीतिक दलहरुले निरिक्षण गरेका छन, तलका तस्बिर समाचारमा उल्लेख भए अनुसार राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव एवम सभासद सन्त बहादुर नेपालीको नेत् व्तमा गएको एक टोलीले त्यहाँका सम्पूर्ण भागहरुको निरक्षण गरेको थियो।