Saturday, November 26, 2011

अर्घाखाँचीमा बस चलेपछि खुसियाली

स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझीले दलिय सहमतिको बिकल्प नभएको बताउनुभएको छ । उहाले सबै राजनितिकदल र नेताहरु मिलेर संबिधान निर्माण गर्नकालागि एक ढिक्का हुनु पर्ने बताउनु भयो । अर्घाखाँचीको हंसपुरमा भएको बाटो उद्घाटन समारोहलाई सम्बोधन गदैृ माओबादीका स्थायी समतिसदस्य समेत रहेका नेता रायमाझीले यस्तो बताउनु भएको हो । देउराली ओखलढुंगा खनदह मालारानी हंसपुर गोखंगा मोटरबाटोको खनदहमा स्थानीय बिकास मन्त्रि रायमाझीले उद्घाटन गरे पछि हंसपुरमापुगेर सभामा परिणत भएको थियो । १० किलो मिटर कडाचटानका बिच रहेको मोटरबाटो कुल ५३ लाखको लागतमा निर्माण भएर आज पहिलो पटक बससंचालन हुदा स्थानीय बासिन्दाहरु पंचेबाजाका साथ नाच गान गरेर रमाएका छन् । यो बाटोले अर्घाखाँचीको पुर्बी र पश्चिमि क्षेत्रलाई जोडेको छ । कार्यक्रममा माओबादीका पोलिट्ब्युरो सदस्य डिलाराम आचार्य स्थानीय बिकास मन्त्रालयका भुपेन्द्र बस्नेत आर ए आई डि पिका असोक कुमार झा प्रमुख जिल्ला अधिकारी केसब राज घिमिरे स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल एकिकृत नेकपा माओबादीका केन्द्रिय सल्लाहकार बिष्णुहरी शर्मा काग्रेसका जिल्लासभापति कमल प्रसाद भुसाल एमालेका जिल्ला उपाधयक्ष जनार्दन खनाल राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी एकिकृतकी यमुना भुसाल राप्रपाका देबीबहादुर खड्का लगायतले मन्तब्यराखेका थिए । कार्यक्रम मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष जीबन कुमारचौहानको अध्यक्ष्यता यमलाल खनालको संचालनमा सम्पन्न भएको हो ।