Sunday, November 13, 2011

अर्घाखाँचीमा हरिबोधनी एकादशी

हरिबोधनी एकादशीका अवसरमा अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्ला भर तुलसीको पूजा गरी हर्षउल्लाहसका साथ मनाइएको छ भने सन्धिखर्क मा एकादशी मेला लाग्नुका साथै दर्शनार्थीको घुइँचो लागेको थियो । ठूलो एकादशीको दिन गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ यस दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । तुलसीको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ । यसैगरी जिल्लाभर देउसी भैलो खेल्नेहरुको घुइचो पनि लागेको थियो।