- मणी थापा
कतार - अर्घाखाँची बांगी सेवा समाजको कतारको हस्सनेसको रेअद्य्मिक्ष् कम्पनीमा देउसी भैलो कार्यक्रम भाइ टिकाको दिन सम्पन्न भएको छ |
बाँगीबाट कतारमा कार्यरत युवाहरुको सक्रियतामा सम्पन्न भएको हो।
रेम बहादुर बस्नेतको अध्यक्षमा सुरु भएकोमा संचालन कुलबहादुर कुँवर र हुम बहादुर बस्नेतले गर्नु भएको थियो भने भैलोलाई बेबस्थित बनाउनको लागि सम्पूर्ण युवाहरुको सक्रियता थियो |
भैलोलाई अझ बढी बेबस्थित र मर्यादित बनाउनको लागि यम बहादुर खड्का ,मणि थापा, रनबहादुर बस्नेत, बोम बहादुर बस्नेत बिष्णु भुसाल, नारायण बस्नेत अर्जुन कुँवर नारायण भट्टराई (गोर्खालि )बसन्त कुँवर लगायत का बेक्ती हरु को हात रहेको छ साज ४ बजे बाट सुरु भएको भैलो राति १२ बजे सम्पन्न भएको थियो |
भैलो हेर्नको लागि विभिन्न कम्पनीमा कार्यरत नेपाली लगायत इजिप्ट बंगलादेश फिलिपंस करिब ५०० जना भन्दा बढी बेक्तीहरुको उपस्थित रहेको थियो आयो देउसी भैलो बांगी सेवा समाजको बोलको गितमा रण बस्नेतको नाचले हेर्ने दर्सकहरुलाई बढी उमङ्ग बनाएको थियो |
Sunday, October 30, 2011
अर्घाखाँची बांगी सेवा समाजको कतारमा देउसी भैलो सम्पन्न
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
2:30 AM