अर्घाखाँचीको खिदिमको दुर्गाफाटमा रहेको गूफामा हरेक दिनजसो जिल्ला लगायत देशका बिभिन्न भागहरुबाट गूफा हेर्न आउने भक्तालुहरु देखी स्कूले बिधार्थीहरुको जमघट हुने गरे पनि भने जस्तो प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको छ। तर पनि थाहा भए अनुसार दुर्गाफाटमा रहेको गूफा अझै व्यस्थित हुन सकेको छैन । यहाँ रहेको गूफा तलपट्टी नजिकै रहेको चोउरमा बनभोज खाने र संगीतिक मनोरन्जन गर्न आउने बिभिन्न संघ-सस्था स्कूल कलेजका बिधार्थीहरु अधिकान्स हुने गर्द्छन भनेर अर्घाखाँची स्थित एक जना अर्घाखाँचीडट्कमका समाचार प्रतिनिधिले धेरै व्यख्या नगरि ईमेलमा लेखेका छन। उता दुर्गाफाटमा खाचिकोटमा रहेको अर्घाखाँची जेनिथ ईंग्लिश बोर्डइङ भन्ने स्कूलबाट आएका बिधार्थीहरु दुर्गाफाटमा रमाउदै गरिरहेका बेला अर्घाखाँचीडटकमका फोटो पत्रकारले आफ्नो क्यामरामा कैद गरेका थिए।
Saturday, November 05, 2011
अर्घाखाँचीको खिदिमको दुर्गाफाटमा रहेको गूफा ओझेलमा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
4:37 AM