अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत जिल्लाका अनेकौ क्षेत्रहरुमा रथ यात्रा एवम रोपाइ जात्रा निकालिएको छ। थाहा भए अनुसार सन्धिखर्क नगरपालिकाको शान्ति बगैचा हुँदै जिल्ला अस्पताल नजिक रहेको राधा कृष्ण मन्दिर सम्म सो जात्राको आयोजना गरिएको थियो। उक्त जात्रा मेलामा अनेकौ भेष-भुषाका पहिरनमा गीत, नाच गर्दै, धान रोपाही लगायतका हसाउने खाले कमेडीहरु गर्दै रमाइलो गरिएको थियो। जनै पूर्णिमाको दोस्रो दिन आयोजना गरिने सो जात्रामा सयौको उपस्थिती रहेको थियो। जिल्लाका स्थानिय राजनीतिक दलहरुका नेताहरुको समेत उपस्थिती रहेको थियो।
Tuesday, August 23, 2011
अर्घाखाँचीमा रथ एवम रोपाइ जात्रा-२
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
7:33 AM