जताततै तीजको रमझम सँगै अर्घाखाँची जिल्लाको नगरपालिका सन्धिखर्क लगायत सम्पूर्ण गाबिसहरुमा बिभिन्न संघ,सस्था,क्लब,राजनितिक दलहरु, समुह,स्कूल,कलेज,महिला समुह आदीले तीजको अवसर पारेर विभिन्न तिज सम्बन्धी अनेकौ कार्यक्रमहरु गरिरहेका छन। समग्रमा भन्नु पर्दा जिल्ला तथा देश संगीतमय, रङिन मय भ्एको आवस हुन्छ। जता सुकै देशको चिन्ता अनी सबिधान नबन्ने चिन्ता आदी भावनाहरु तीजको गीतमा झल्केका हुन्छन त कतै चेली बेटिका तिता-मिठा नयाँ अनुभवहरुको त कतै सासु बुहारी, देवरानी जेठानी आदीका बारेमा गीतहरु गुन्जिएका हुन्छन।






































