Wednesday, August 17, 2011

सन्धिखर्क नगरपालिकालाई फेरी नयाँ रुपरेखा (दैनिक तस्बिरहरु: २०६८ श्रावण ३२, बुधवार)

नेपाल सरकारले "२०६८ - २०६९"को बजेट भाषणमा सन्धिखर्कलाई नगरपालिका घोषणा गरेपछी अर्घाखाँची बासीमा खुसीयाली छायो तर खुसी सँगै बिरोधका स्वर पनि घन्किए । भौगोलिक अध्ययन र स्थानिय बस्तुस्थितीको अध्ययन नै नगरि हचुवाको भरमा नगरपालिका घोषणा गरिएको भनेर बिरोध गरिएको हो। नगरपालिका भित्र नपरेका तर सन्धिखर्क बजार आस-पासका गाविसका जनताको तिब्र बिरोध पछी अन्तत: स्थानिय ४ वटा गाविसलाई समेट सन्धिखर्क नगरपालिकामा समाहित हुने गरी नगरपालिकाको वार्ड बिभाजन गरी नयाँ नयाँ प्रस्ताव स्वीकृतका लागि केन्द्रमा पठाइएको छ। नयाँ ढाचा अनुसार नयाँ नगरपालिकाको नाम सन्धिखर्क नगरपालिका रहने र त्यसभीत्र नयाँ थपिएका चार गाविस सहित जम्मा सात वटा गाविस रहने भएका छन । नगरपालिकामा नयाँ समावेश गरिएका गाविस खाचीकोट, अर्घा, किमडाँडा र डिभ्रर्ना हुन। हाम्रा फोटो-समाचार सम्वादाताहरुले सन्धिखर्क नगरपालिकालाई समट्ने गरी विभिन्न क्षेत्रबाट लिएका (२०६८ श्रावण ३२, बुधवार)तस्बिरहरु: