भदौं १४ भित्रै शान्ति प्रक्रिया र संविधान बनाउनका लागि दबाब स्वरुप एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले अर्घाखाँची जिल्ला प्रशाशन कार्यालय सन्धिखर्कमा धर्ना दिएको छ। पछिल्लो समयमा दलहरु शान्ति र संविधान भन्दा सत्तामा केन्द्रित भएको भन्दै राजनितिक दलका नेताहरुलाई जागरुक बनाउन भदौं १४ सम्म विरोधका कार्यक्रम गर्ने अनेरास्ववियुले जनाएको छ। कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य मिन बहादुर बिकले दलका नेताहरु विभिन्न बाहानामा शान्ति र संविधानलाई ओझेलमा पार्न खोजेकोले दवाव स्वरुप विरोधका कार्यक्रम गर्न बाध्य भएको बताए । यसैगरी सो कार्यक्रममा जिल्ला अध्यक्ष भरत न्यौपाने आदिले मन्तब्य राखेका थिए।
Monday, August 22, 2011
शान्ति र संविधानका लागि अनेरास्ववियू अर्घाखाँचीको धर्ना
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
9:28 AM