Tuesday, August 30, 2011

सन्धिखर्कमा सामुदायिक रेडियो अर्घाखांची तिज गित प्रतियोगिता

सामुदायिक रेडियो अर्घाखांची सहित नौं वटा सरकारी तथा गैरसरकारी संस्थाहरुकको संयुक्त आयोजनामा सोमवार सन्धिखर्कमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालयका प्रमुख केशवराज घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको प्रमुख अतिथ्यता महिला कार्यालयका प्रमुख जमुना भण्डारीको सभापतित्व र रेडियो अर्घाखांचीका सचिव ठाकुर कुमार विक सचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राजमोका गोपाल पौडेल राप्रपाका जिल्ला अध्यक्ष देवी वहादुर खड्का नेपाली जनता दलका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल नेकपा एकीकृतकी यमुना भुसाल लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा साजना रायमाझीको समुह प्रथम हर्वो इन्टरनेशनल प्रालि समुह द्धितिय सन्धिखर्क सुस्मिता पोखरेलको समुह तृतिय र भगवता पाण्डेको समुह सान्त्वना भएका छन् । कार्यक्रममा १० वटा समुहले सहभागिता जनाएका थिए ।