Wednesday, August 31, 2011

हरितालिका तिजको अवसरमा अर्घाखाँचीको नुवाकोटको पोखेडाँडामा भव्य तिज मेला -१

अर्घाखाँचीभर हिन्दू नारीहरुको महान चाड हरितालिका तिज हर्षोउल्लासका साथ मनाइएको छ। यसैबीच तिजकै उपलक्ष्यमा बुधबार जिल्लाका शिव मन्दिरमा सौभाग्यको प्रतीक रातो कपडा, चुरापोते, गरगहना लगाएर पूजा गर्नेहरु भक्तजनहरुको घुँइचो लागेको छ । विवाहित महिलाले निराहार ब्रत बसेर शिवको पूजा गरे पतिको दिर्घायू हुने र अविवाहितले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । यसैक्रममा हरितालिका तिजको अवसरमा अर्घाखाँची जिल्लाको नुवाकोट गाबिसको पोखेडाँडामा भव्य तिज मेला लागेको छ। उक्त मेलामा जिल्लाका नुवाकोट, किमडाडा, अर्घा, सन्धिखर्क, खाचिकोट, ढिकुरा, खिल्जी, असुरकोट, धारापानी, ढाकाबाङ, वाङ्ला र डिवर्ना लगायतका आदी ठाउँबाट मेला हेर्न आएका थिए। भने जिल्लाभरका स्थानिय गाउँ - गाउँहरुमा पनि भव्यका नाचगितहरु भईरहेका छन।