Sunday, August 28, 2011

अर्घाखाँचीमा रेडियो देउरालीको जिल्ला स्तरीय तिज गीत प्रतियोगिता -2

सामाजिक न्याय तथा संचार अभियानद्धारा संचालित रेडियो देउराली १०१ मेगाहर्जले जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । आठ वटा टिमले भाग लिएको उक्त प्रतियोगितामा साजना रायमाझी समूह सन्धिखर्क प्रथम मिर्मिरे कला केन्द्र द्धितिय नमुना महिला समूह तृतिय र नप्रतिभा कला समूह तृतिय भएका छन् । संस्कृतिलाई वचाइ राख्न परम्परालाई जगेर्ना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयाजकले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेको प्रमुख आतिथ्यता रेडियो देउरालीका कोषाध्यक्ष गोपाल सिंह अर्यालको सभापतित्व रेडियो देउरालीका समाचार प्रमुख सुर्यप्रसाद भुसालको स्वागत मन्तव्य र रेडियो देउरालीका डेक्स चिफ प्रेमनारायण आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएकोथियो ।