लुम्बिनी अर्घाखांची समूह (भारत) को राजधानी नयाँ दिल्लीमा गत महिना जुन २८ तारिकका दिन प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। सम्पूर्ण प्रबासी नेपालीहरुलाई एक आपसमा गोलबन्ध गर्दै सबै सदस्यहरुबाट सन्कलन गरेको बचतलाई संगठन भित्र रहेका सदस्यहरु तथा समस्यामा परेका नेपालीहरुलाई उनिहरुको जिवन स्तर उकास्ने, आर्थिक गतिबिधी तथा आयमुलक कामको लागि लगानी गर्ने जस्ता अनेकौ कार्यहरु उक्त सस्थाले गरेको देखिन्छ। अदक्ष्य दिपक जिसी रहेको उक्त सस्थाको सो प्रथम वार्षिक साधारण सभामा अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सीलाई समेत विषेश सम्मान गरिएको थियो । थाहा भए अनुसार उक्त सो सभामा विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थिती रहनुका साथै सास्कृतिक प्रर्दशनहरु समेत देखाइएको थियो।
Thursday, July 28, 2011
नयाँ दिल्लीमा प्रबासी नेपाली सस्थाको साधारण सभा
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:15 AM