Tuesday, July 26, 2011

नगरपालीकामा समाबेस गर्न माग गर्दै खाँचीकोटको फुदबाङमा चक्काजाम

गोरुसिङे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको खाँचीकोट फुदबाङमा स्थानीय बासिन्दाले (२०६८ श्रावण १०)मंगलवार बिहान चक्काजाम गरेका छन् । सन्धिखर्कको सदरमुकाम रहेको स्थानवाट २ किलोमिटर दूरीमा रहेको खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् । टाढा रहेका नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा समेत सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् । खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् । नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो । नगरपालीकामा सदरमुकाम सन्धिखर्कबाट नजिकमा रहेका खाँचीकोट अर्घा किमडाडाका बासिन्दाले नगरपालीकाको उचित सिमांकन नभएको भन्दै बिरोध जनाउदै आएका छन् ।