Friday, July 22, 2011

२९ औ बिपी स्मृती दिबस: सन्धिखर्कमा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम

नेपाली काग्रेस अर्घाखाँचीले २९ औ बिपी स्मृती दिबसको अबसरमा आज सन्धिखर्कको पार्बती निमाबी पटुवाथुममा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्ण चन्द्र नेपाली काग्रेसका महासमिति सदस्य पिताम्बर शर्मा काग्रेसका नेता बिष्णुप्रसाद खनाल मुस्कान श्यामनाथ कास्यप लक्ष्मी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालको सभापतित्व र कोषध्यक्ष हरिबहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।