Thursday, June 30, 2011

अर्घाखाँचीमा असार पन्ध्र

असार पन्ध्र:- विश्व धान दिवसको अवसरमा अर्घाखाँचीको विहार फाँटमा सामुहिक किसानसँग धान रोप्दै जिल्ला कृषि विकास अधिकृत यमनारायण देवकोटा सहित जिल्ला स्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता कार्यालय प्रमुख कर्मचारी संचारकर्मीहरु लगायत । मानो रोपेर मुरी फलाउने दिनमा सबैले दिनभर कार्यालयको सबै काम छाडेर किसानको खेतमा पुगेर धान रोपे । करिब एक सय जना भन्दा बढी नेता कर्मचारी पत्रकार लगायत खेतमा धान रोप्न गएपछि कृषक खुसी भए । दुई वर्ष भित्रमा सदरमुकामको करिब ६ हजार रोपनी धान उत्पादन हुने खेत प्लटिङ गरी घडेरीमा परिणत भएपनि अन्न उत्पादनमा कमी आएकाले वाँकी रहेका खेत नमास्न कृषकलाई सचेत बनाउन अभियान संचालन गरिएको छ । धान जिल्लाकै अन्न उत्पादनमा दोस्रो वाली अन्तरगत पर्छ ।