Saturday, June 18, 2011

खुल्ला आकाश मुनी बसेर पढन वाध्य छन अर्घाखाँचीका बालबालिकाहरु

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित एक प्राथमिक विधालयमा भौतिक पुर्वाधारको अभावले कक्षाकोठा नहुँदा बालबालिकाहरु खुल्ला आकाश मुनी बसेर पढन वाध्य भएका छन। सन्धिखर्क- ९ स्थित बेहोरेमा रहेको श्री मन्जरी प्राथमिक विधालयमा पढने बालबालिकाहरु कक्षाकोठा र अन्य भौतिक पुर्वधारको अभावमा बासले बारेको र छानो नभएको खुल्ला ठाउँमा वर्षायामको झरी अनी चर्को घाममा बसेर पढन वाध्य भएका हुन। तर पनि अहिले सम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । कक्षा ३ सम्म पढाई हुने उक्त स्कुलमा जम्मा जम्मी विधार्थीको सन्ख्या १०० रहेको र जसमा छात्रा ६० र छात्र ४० रहेका छन । भने प्रधान्ध्यापक मिना नेपाली - प्र अ राहत कोटा, बालशिक्षिका राधा नेपाली, निजी स्रोत शिक्षिका पुष्पा नेपाली र परिचर सपना नेपाली रहेका छन । थाहा भए अनुसार उक्त विधालय सामुदायिक बनधारीचौर र क्लबको स्रोतमा सन्चालन भएको र जिल्ला बिकास समिती सन्धिखर्कबाट शुरुमा केही सह्योग भएपनि हाल कुनै थप सह्योग हुनसकेको छैन। यसैगरी सन्धिखर्क देखि करिव २ किलोमिटर दुरीमा रहेको उक्त विधालयको प्रमुख समस्याहरु खानेपानी, फर्निचर, कक्षाकोठा, शौचालय लगायत छन । स्थानिय निकायसंग कयौ पटक पहल गर्दा पनि हाल सम्म कुनै आर्थिक, भौतिक सह्योग हुन नसकेको सो विधालय संचालक समितीका एक सद्स्यले बताए।