अर्घाखाँची जिल्लाको वाँगी गाविसमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरुखोरमा साचालन भएको शिविरमा ८ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ३ सय जनाको आँखाको उपचार २ सय २० जना महिलाको पाठेघर खसेको उपचार र अन्यको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र लुहेस्कोको संयुक्त आयोजनामा सचालन भएको शिविरमा धेरैजसो महिला र बुढाबुढी स्वास्थ्य परीक्षण गराउन आएको लुहेस्कोका अध्यक्ष तीलक मिश्रले बताए । स्थास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल प्रमुख डा. चित्रप्रसाद शर्मा वाग्ले मेडिकल अधिकृत डा।मुकेश पोखरेल डा।मुनीष शर्मा डा।शुसिल थापा स्वास्थ्यकर्मी जनस्वास्थ्य निलाम्बर रायमाझी लिला गौतम आखाँ अस्पताल प्रमुख सागर घिमिरे लगायतको स्वास्थ्यकर्मीको टोली सहभागी भएको थियो ।
Sunday, June 05, 2011
वाँगीमा निशुल्क स्वास्थ्य शिविर
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
4:02 AM