Tuesday, May 17, 2011

अर्घाखाँचीको सन्धिखर्कमा शहिद टक प्रसाद भुसालको स्‍मृति सभा

शहिद टक प्रसाद भुसालको स्‍मृतिमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा नेपाल शिक्षक संघको आयोजनामा एक सभा सम्पन्न भएको छ। उक्त स्‍मृति सभामा बिभिन्न संघ- संगठन एवम राष्ट्रिय जनमोर्चाका जिल्ला स्थित उच्च नेता एवम प्रतिनिधिहरुको उपस्थित रहेको थियो। राज्यमा शहीदहरुको मुल्याकन हुन नसकेको अबस्थामा उनको सम्झना गर्दै सहिदको सपना साकार पार्नुपर्ने तर्फ अग्र्सर हुनुपर्ने, राज्यबाट शहीद परिवारलाई उचित क्षतीपुर्ती, सम्मान हुनुपर्ने जस्ता अनेकौ कुराहरु बोल्ने वक्ताहरुले औलाएका थिए। थाहा भए अनुसार शहिद टक भुसाललाई २०३९ सालमा पञ्चयाती व्यवस्थाको बिरोध गरेको निहुमा तत्कालिन तानाशाहरुले अन्याय पूर्ण तरिकाले बर्बर यातना पूर्वक उनलाई सन्धिखर्क स्थित जिल्ला प्रहरी कार्यालयको अधेरो चिसो खोरमा मारेका थिए। तस्बिरहरु: अर्घाखाँचीडट्कम