Sunday, May 01, 2011

अर्घाखाँची जिल्लाकै अग्लो वस्तीमा सोलारबाट खानेपानी

सोलार प्रविधिबाट गाउँमा खानेपानी ल्याएपछि वर्षौदेखीको खानेपानीको दुःख हटेको छ । जिल्लाकै सबैभन्दा अल्गो धनचौरको सेङलेङ गाउँमा सोलार सिस्टमबाट खोलाको पानी डाडाँमा ल्याएपछि गाउँले खुसी भएका छन । गाउँमा पानी खसेपछि पुस्तौदेखीको पानीको दुःख हटेको खुसीयालीमा गाउँलेले भोजभतेरका साथै नाचगान गर्दै खुसीयालीमा अभिरजात्रा गरेका थिए । घण्टौसम्मको उकालोमा पानी बोक्ने समस्या हटेको भन्दै गाउँमा सबैभन्दा बढी घरका गृहणीलाई खुसीको सीमा भएन । जिल्लाकै अग्गो डाँडोमा वस्ती भएकाले गाउँलेले खानेपानीको समस्या भोग्दै आएका थिए । धनचौरको सेङलेङ गाउँमा सोलार प्रविधिबाट खानेपानी ल्याउन तीन वर्ष लागेको थियो । वस्ती देखी करिब तीन किलोमिटर तलपटीको खोलाबाट गाउँमा पानी ल्याएपछि गाउँलेलाई खानेपानीको सुविधा पुगेको हो । यति अग्गो गाउँमा पानी आउला भन्ने कल्पना पनि गरेका थिएनौ तीन वर्षको मेहनतमा योजना सफल भयो धनचौर-सेङलेङ खानेपानी उपभोक्ता समितिका सचिव रघुनाथ बाजाडेले भने सबै गाउँले दंग भएका छन । डरलाग्दो भीर मुनिको खोल्सामा रहेको पानी भीरैभीरबाट वस्तीमा खानेपानी ल्याउन स्थानीयले तीन वर्षसम्म पसिना चुहाएका थिए । तीन किलोमिटर तलको खोलाबाट वस्तीमा पानी खसेपछि अब पानीको दुःख हटेको गाउँलेले बताए ।