Saturday, August 06, 2011

दैनिक तस्बिरमा सन्धिखर्क नगरपालिका (श्रावण २०, २०६८ शुक्रवार)

सन्धिखर्कलाई नगरपालिका घोषणा गर्ने सरकारी निर्णय प्रति अर्घाखाँची जिल्लामा व्यापक विरोध र आलोचना सुरु भएको देखिन्छ । थाहा भए अनुसार सरकारले भु-गोलको सिमाङ्कनको कुनै ख्याल नगरी होचुवाको भरमा नगरपालिकाको घोषणा गरेपछी जिल्ला बासीमा आक्रोस बढेको छ । उता हाम्रा एक जना अर्घाखाँची स्थित समाचारदाताले भन्छन,-जिल्लाको सदरमुकाम सन्धिखर्कसँग जोडिएका खाचिकोट, किमडाँडा लगायतलाई नगरपालिकाबाट बाहिर पारी वाङ्ला नरपानी र सन्धिखर्कलाई मिलाएर नगरपालिका बनेको घोषणा गरिएपछि स्थानीय बासिन्दाहरु आक्रोसित भएर सरकारको कटु आलोचना गर्न थालेका छन् । उनीहरुले सन्धिखर्कसँगै जोडिएको बजार एरियालाई कटाएर २० किलोमिटर टाढाका गाउँहरुलाई मिसाएर नगरपालिका घोषणा गर्नु न्यायसँगत नभएको भन्दै तत्काल सिमाङ्कन र भुगोलको बारेमा पुनर्विचार नगरिए कडा आन्दोलन गर्ने भन्दै सांकेतिक रुपमा आन्दोलनको सुरुवात गरेका छन् । यसो त सरकारले नगरपालिका घोषणा गरेको प्रति जिल्लामा कि्रयासिल दलहरुले समेत असन्तुष्टि जनाएका छन् । तर पनि जिल्लाको सदरमुकाममा नगरपालिका बनेपछी जिल्लाको पहिचान माथी उठ्ने र विकासका लागि थप स्रोत र साधनको बृद्धि हुने भएपछी यहाँका बासिन्दाहरुमा खुसीयाली छाएको हो । यसैगरी अर्घाखाँची जिल्ला अहिले त लोडसेडिङ मुक्त भएको छ । सन्धिखर्कसँगै विद्युत पुगेका ३५ गाविसमा चौबिसै घण्टा विजुली भएपछि जिल्लावासीमा खुसियाली छाएको छ । कहिल्यै लोडसेडिङ नहुने झमरुक परियोजनाले अर्घाखाँचीमा विजुली जडान गरिदिएपछि गत आषाढ ८,२०६८ बुधवार देखी लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको हो । तस्बिरमा सन्धिखर्क नगरपालिका:-