अर्घाखाँचीको सन्धिखर्कमा २ दिने औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी मेला सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग बिकास समिति अर्घाखाँचीको आयोजनामा यहि चैत २१ र २२ गते देखी सन्धिखर्कमा २ दिने औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी चलेको थियो । सर्ब साधरणलाई घरेलु तथा साना उद्योगको स्थापना गर्न अभिप्रेरित गर्ने उदेश्यले प्रदर्शनिको आयोजना गरिएको हो । जिल्ला भित्र उद्यमीले उत्पादन गरेका बस्तुको ब्यापक प्रचार प्रसार गर्न उत्पादक र उपभोक्ता बिचको सम्वन्ध् बिस्तार गर्ने उत्कृष्ट बस्तु उतपादन गर्ने समुहगत आधारमा पुरस्किृत गरि प्रोत्साहित गर्ने साथै घरेलु तथा साना उद्योग संचालनमा उत्साहित गर्ने उदेश्यले औद्योगिक प्रदर्शनीको आयोजना गरिएको घरेलु तथा साना उद्योग बिकास समितिका बरिष्ठ उद्योग अधिकृत शिबसंकर बानीयाले बताउनु भएको छ । प्रदर्शनीमा मेसिनवाट डोरी बनाउने सजिबनको तेल बनाउने बायो बि्रगेड निर्माण गर्ने टिका बनायने माहुरीको आधार चक्का बनाउने जस्ता प्रबिधिको प्रदर्शन गरिएको छ । पदर्शनिमा अर्घाखाँची गुल्मी र प्युठानका उत्पादकले उत्पादन गरेका बस्तुको प्रदर्शनी पनि गरिएको छ । तस्बिरहरु: प्रदिप नेपाली, फोटो सम्बादाता अर्घाखाँचीडट्कम
Wednesday, April 06, 2011
सन्धिखर्कमा २ दिने औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी मेला
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
1:55 PM