Friday, April 08, 2011

सन्धिखर्कमा नेकपा एमालेको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठकको उद्घाटन

अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठकको उद्घाटन भएको छ । परिसद बैठकको शुक्रबार उद्घाटन गदै नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले निर्धारित समयमा सिबंधान निर्माण हुनेमा संका उत्पन्न भएको बताउनु भएको छ । कार्यक्रममा मन्तव्य र।ख्दै नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँले नयाँ संविधानमा दलित जनजाति महिला र अल्पसंख्यकका अधिकार सुनिश्चितताको लागि नेकपा एमाले प्रतिबद्ध रहेको बताउनु भयो । एमाले अंचल कमिटीका सचिव खिमलाल भट्टराईले शान्ती र संविधान निर्माणमा माओवादी ईमान्दार नभएको बताउदै साँत बुँदे सम्झौताको त्यान्द्रो समाएर कांग्रेसले त्यसको विरोध गर्दै हिड्दा लोकतन्त्र गुम्न सक्ने तर्क राख्दै यथास्थितिबाट अगाडि आउन कांगे्रसलाई आग्रंह गर्नु भयो । एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षता र जनार्दन खनालको सचालनमा सम्पन्न कार्यक्रममा जिल्ला उपसचिव कुलदिप भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । यसअघि बाजागाजा सहित निस्किएको एमाले कार्यकर्ताहरुको जुलुसले चुत्रावेसि र सन्धिखर्क बजार परिक्रमा गरेको थियो ।