Sunday, April 03, 2011

भारतलाई २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि सँगै हर्सोल्लास

हिन्दूस्तानमा बर्षा हिन्दूस्तानमा छाता : आइसीसी वर्ल्ड कप २०११ को फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले शिल्ड कब्जा गरेको छ । भारतको बिजय लगतै भारतका सम्पूर्ण स्थानमा हर्सोल्लास मनाइदै छ। तर भारत बाहेक अन्य देशमा रहेका भारतीय नागरिक तथा भारतिय क्रिकेट समुहलाई समर्थन गर्ने दर्शकले अहिले उल्लास जुलुश निकालेका छन। यसै बिच हिन्दूस्तानको बिजय सँङ्गै मुस्लिमदेश मध्यपुर्वको खाडी अरबी राष्ट्र यूएईको दुबइमा कार्यरत हिन्दूस्तान समर्थक समुहले स्वतह स्फुर्त रुपमा सडकमा निस्केर खुशीयाली मनाएका छन। भारतले २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि शनिबार हात पारेको छ । मुम्वईमा भएको फाइनलमा उसले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्‍यो । भारतले यस अघि सन् १९८३ मा विश्वकप जितेको थियो । पहिले ब्याटिङगरेको श्रीलंकाले ६ विकेट क्षतिमा २ सय ७४ रन बनायो । उसकालागि महेला जयवद्धर्नेले नटआउट १ सय ३ रन बनाए । प्रत्युत्तरमा भारतले १० बल अघिनै ४ विकेट गुमाउदै २ सय ७७ रन बनायो । भारतीय कप्तान महेन्द्रसिंह धोनीले विजयी छक्का प्रहार गरेका थिए । उनी ९१ रनमा नटआउट रहे । त्यस्तै युवराज सिंह २१ रनमा अन्तिमसम्म क्रिजमा रहे । भारतका लागि गौतम गम्भिरले ९७ रनको योगदान दिए । फाइनलमा पराजित श्रीलंकाले पनि सन् १९९६ मा विश्वकप जितेको थियो । विश्वकप क्रिकेट जिते लगतै भारतीय राजधानी दिल्ली लगायत देशभर खुशीयाली मनाइएको छ तल तस्बिरहरुमा -- एवम दुबइको अल्कुजमा पुगेर अर्घाखाँची टाईम्सको क्यामरामा कैद भएका केही तस्विरहरु:- उमाकान्त पाण्डे गाउले-दुबई