Wednesday, March 02, 2011

अर्घाखाँचीमा महाशिवरात्री पर्व

महाशिवरात्री पर्व आराध्यदेव भगवान शिवको पूजा आराधना गरी अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा धुमधामका साथ मनाइयो । उता अर्घाखाँचीको दुर्गाफाटबाट डि आर सुमनको रिपोर्ट अनुसार महाशिवरात्रीको अवसर पारेर दुर्गाफाटको दुर्गास्वरी मन्दिरमा एक महाशिवरात्री तथा बिशेष साङगीतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमको अदक्ष्यता राजु शर्मा र सन्चालन शेषकान्त पोख्रेलले गरेका थिए। यसैगरी थाहा भए अनुसार सो दुर्गाफाट स्थित्त एक स्थानिय समाज सुधार फुलबारी समुहले उक्त कार्यक्रमको आयोजना गरेको थियो। महाशिवरात्रीको साँझ ८ बजे देखि चलेको उक्त सास्कृतिक कार्यक्रमको लागि मैदान, पणेना, खिदिम, पटौती, पोखराथोक,पाली र अडगुरी लगायतका अनेकौ गाबिसबाट गरी २२ समुहले उक्त कार्यक्रममा भाग लिएका जनाइएको छ। शिवरात्रीको अवसर पारेर उक्त पवित्र ठाउँ दुर्गाफाटको दुर्गेस्वरी मन्दिरको समिपमा कार्यक्रमको आयोजना गरिएको हो । जसबाट ओझेलमा परेको दुर्गेस्वोर मन्दिरको उचित प्रचार प्रसार हुने र पर्यटनको हिसाबले थप फाईदा पुग्ने सर्ब साधारणको भनाइ रहेको उल्लेख गर्दै हाम्रा अर्घाखाँची मैदान स्थित एक जना प्रतिनिधि डिल्ली राज घिमिरेले आफ्नो समाचारमा व्याख्या गरेका छन ।