Friday, March 04, 2011

पर्यटन वर्ष सफल पार्न सन्धिखर्कमा भव्य र् याली

पर्यटन वर्ष सफल पारौ भन्ने मुल नाराका साथ शुक्रवार सन्धिखर्कमा भव्य र् याली गरिएको छ । पर्यटन समन्वय समिति र उद्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा पाचे बाजा गाजा सहित विद्यार्थी शिक्षक सर्वसाधारण कर्मचारी नागरिक समाज राजनीतिक दल सचारकर्मी सहितको र् यालीले सन्धिखर्क बजारमा बृहत र् यालीको आयोजना गरेको हो । पर्यटन वर्ष भव्य रुपमा मनाउन र जिल्लामा आन्तरिक र वाहय पर्यटक भित्राउने उद्देश्यले सन्देश मुलक र् याली निकालिएको हो । पर्यटन वर्षमा जिल्लाको धार्मिक सास्कृतिक क्षेत्रलाई चिनाउन जिल्लाको सुपा देउारली खिदिमको सात तले गुफा अर्घा दरवार ठाडाको डमरु ताल लगायतका स्थानलाई आन्तरिक र वाहय पर्यटकको थलो पर्यटन वर्षबाट बनाउने समितिले दावी गरेको छ । जिल्लाका १० विद्यालयका शिक्षक विद्यार्थी कर्मचारी नागरिक समाज गरि करिब ३ हजारको सख्या र् यालीमा सहभागी भएका थिए । तस्बिरहरु: वीरेन्द्र केसी, सम्पादक, अर्घाखाँचीडट्कम