Friday, February 25, 2011

आवासिय उच्च माविका शिक्षक तथा प्याब्सनका जिल्ला सचिवको निधनले अर्घाखाँची शोकमग्न

अर्घाखाँची आवासिय उच्च माध्यमिक विद्यालय बेल्बाटिकाका शिक्षक तथा प्याब्सनका जिल्ला सचिव रामचन्द्र ज्ञवालीको निधनले जिल्ला शोकमग्न छ । हृदयघातका कारण विहीबार विहान उनको आफनै घरमै ज्यान गएको थियो । अर्घाखाँची शैक्षिक गुठीका सस्थापक सदस्य समेत रहका ज्ञवाली विगत ३० वर्ष देखी शिक्षण पेशमा संलग्न रहदै आएका छन । जिल्लाकै एक शैक्षिक व्यक्तित्व गुमाउनु परेको भन्दा प्याब्सनले जिल्लाका करिब ७० वटा नीजि विद्यालयहरु शोकमा विहीबार बन्द गरिएको छ । ४९ वर्षका ज्ञवाली कुलश शिक्षक मानिन्छन । जिल्लामा नीजि विद्यालय खोल्न ठुलो पहल गरेको प्याब्सनको ठहर रहको छ । ज्ञवाली एक असल र कुशल शिक्षकसँगै जिल्लाकै चिर्चित शिक्षक भएको र विद्यार्थीका लागि अति प्यारा शिक्षक भएकाले जिल्लालाई ठुलो क्षति भएको प्याब्सनका जिल्ला अध्यक्ष चन्द्रमणि पाण्डेले बताए । समाज सेवी समेत रहेका खाचिकोट गाबिस वार्ड न- 6 घर भई हाल खाचिकोट वार्ड न- ४ को मर्काको मुख गच्छे बस्ने स्वर्गीय ज्ञवाली नेकपा एमालेका जिल्ला बुद्दिजिवी परिसद सदस्य पनि हुन । ह्दयघातबाट निधन भए लगतै उनको शरीर जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । साथै त्यहाँ उपस्थित जनमानसले उनको पार्थिब शरीरमा रित तथा फुलमाला चर्ढाई भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए। भने एमालेका जिल्ला अध्क्षय रामजी घिमिरेले उनको पार्थिब शरीरमा पुष्पगुछा र पार्टी झन्डा ओडाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए। स्वर्गीय ज्ञवालीको पार्थिब शरीरलाई अन्तिम दाहसस्कारको लागि देवघाट लगिएको थियो।