नेकपा मसालको भात् विधार्थी संगठन अनेरास्ववियु (छैठौ) अर्घाखाँचीको १९ औ जिल्ला सम्मेलन अर्घाखाँचीको सन्धिखर्कमा शुरु भएको छ। उक्त सम्मेलन सन्धिखर्क बजारको परिक्रमा गरी ग्रीन बोर्डइङ स्कूलको प्रागणमा औपचारिक उद्घघाटन गरिएको थियो। यसैगरी कार्यक्रममा प्युठान, अर्घाखाँची लगायतका जिल्लाबाट हजारौं बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । सम्मेलन माघ २८ र २९ गते सम्म चल्ने र बन्दसत्र चुत्राबेशी स्थित मसाल बजारमा रहेको पार्टी कार्यालयमा चल्ने जनाइएको छ। उक्त बन्द सत्रबाट नयाँ समितीको चयन हुने र सघियताको बिरोधको लागि जिल्ला एवम मुलुक भर जागरण अभियानको बारेमा छलफल एवम कार्यदिशा निर्धारण गर्ने उल्लेख गरिएको छ।
Friday, February 11, 2011
विधार्थी संगठन अनेरास्ववियु (छैठौ) अर्घाखाँचीको १९ औ जिल्ला सम्मेलन
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
2:45 PM