Saturday, February 12, 2011

अर्घाखाँचीको खाचिकोटमा कृषि व्यवसाय

अर्घाखाँचीको खाचिकोट गाबिसमा रहेको बटुवाको फाटमा च्याउ खेती गर्दै आएका मेहनेती युबा किसान हुन मधु केसी । उनी आफ्नै शब्दमा भन्छन चुनौतीहरु धेरै छन र पनि आफ्नो देशमा बसेर काम गर्नुको मज्जा छुटै छ । उनले विदेश जाने सपनालाई छोडेर यही देशमा पनि केही गर्न सकिन्छ भन्ने भावनाले आफ्नो गाउँ ठाउमा पनि केही गरौ भनेर यसमा लागेको उनले बताए। जिल्लामा सबैको चर्चामा रहेका युबा कृषक केसीले आफ्नो ५ रोपनी जमिन र १५ रोपनी लिजमा लिएको जमिन गरी २० रोपनी जमिनमा तरकारी खेती जस्तै गोबी, काउली, आलु, टमाटर, बन्दगोबी, पियाज, लसुन, रायो साग चम्सुर, गाजर तथा अन्य तरकारीको ब्यवसायिक रुपमा खेती गर्दै आएका छन । उनको हालको तरकारी बजारको खपत स्थानीय स्तर एबम सन्धिखर्क बजार र हाट बजारमा रहेको छ। उनलॆ दुईवटा टहरा बनाएर ब्यवसायीक च्याउ खेती पनि गर्दै आएका छन। उता अर्घाखाँचीडट्कममा यस अगाडि प्रकासित यसै सम्बन्धी समाचार सामाग्रीलाई लिएर विश्वभरबाट जलस्रोतको धनी देश रे कहिल्यै बत्ती छैन । कृषि प्रधान देश भन्छन शुद्ध अन्न कहिल्यै पाइन्न । जस्ता सयौ गुनासा सहितका सुझाव एवम टिका- टिप्पणी समेत प्राप्त भएका छन र ति सुझावहरु नेपाल सरकार एवम सम्बन्धी निकायबाट यस्ता पक्षलाई प्रोत्साहन गर्दै स्थानीय स्तरमा उत्पादित बस्तुलाई बढुवा दिने र निर्यातलाई बृद्धि गर्नुपर्ने जस्ता छन। उता काठमाडौं स्थित अर्घाखाँचीडट्कमका एक जना बिष्लेशकले ईमेल च्याट मार्फत आफ्नो बर्णन- बिश्लेषण गरेका थिए जसमा -- - नेपालमा अझै पनि करिब ८० प्रतिशत जनता कृषिमा आश्रित छन् । तर कृषिलाई केवल जीविकोपार्जनको माध्यामका रुपमा लिइएको हुँदा यसमा आश्रित धेरै जनसमुदायको जीवनस्तर माथि नउकासी नेपाल अन्य कार्यबाट समृद्व हुन सक्दैन । त्यसका लागि सर्वप्रथम यस पेशा अंगालेका जनताले आफुलाई चाहिने सबै चीज आफै उत्पादन गर्ने अहिलेको परिपार्टीबाट कुनै एक दुई वस्तु व्यवसायिक रुपमा उत्पादन गर्ने प्रणालीमा जानु पर्छ। यसका साथै भुमि सम्बन्धी हदबन्दी तोकी उनुत्पादनशील रुपमा रहेका जग्गाको पुनर्वितरणको व्यवस्थादेखि कृषि उत्पादनको न्यूनतम मूल्य र बजार व्यवस्थापन,सिंचाई सुबिधा, शहर र गाउँको बसाईको अहिलेको अन्तर कम गर्नका लागि स्वास्थ्य,शिक्षा,बाटोघाटो बिजुलीबत्ती जस्ता पूर्वाधारहरू निर्माण र उच्चस्तरको मल बीउका व्यवस्थापन सरकारबाट यथाशक्य चाडै गराउनु पर्दछ । कृषकहरुलाई सहकारी वा साना कर्जाको माध्यमबाट सहुलियत रुपमा ऋण उपलब्ध गराउनु पर्छ। यदि कृषिमा व्यवसायीकरण अर्थात आधुनिककरण गरी देशलाई चाहिने कृषिजन्य उत्पादनको अभाव मात्रै पुरा गर्न सक्ने अवस्था ल्याउन सकेमा देशको कृषिमा आश्रित यति ठुलो जनसंख्याको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । तस्बिरहरु: शिक्षा रायमाझी