Saturday, February 19, 2011

अर्घाखाँचीको सन्धिखर्क स्थित आटिकापाटामा ट्रक दुर्घटना

अर्घाखाँचीको सन्धिखर्क वार्ड ६ को आटिकापाटामा ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा गाडी चालक २७ वर्षिय दिलिप झाक्री र उनका सहयोगी गाडी खलासी १८ बर्षिय जीवन बिक घाइते भएका छन । प्राप्त समाचार अनुसार बुटवल हुँदै बाण गंगाबाट गिटी बोकेर सन्धिखर्क आउदै गरेको ना ३ ख ५७३२ नम्बरको उक्त ट्रकको पट्टा भाचिएर अनियन्त्रित हुँदा दुर्घटना भएको जनाइएको छ। साथै दुर्घटना पछि ट्रकले बाटो छेक्दा राती अबेरा सम्म सन्धिखर्कबाट बाहिर जाने र आउने सम्पूर्ण यातायातहरु ठप्प भएका छन । भने बाटो खुलाउने प्रयास जारी छ । दुर्घटनामा घाइते भएका दुबै जनाको सन्धिखर्क स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ र घाइतेको अबस्था अहिले खतरामुक्त रहेको अस्पताल जनाएको छ । थाहा भए अनुसार उक्त दुर्घटना भएको ट्रकका मालिक चुत्राबेसी निवासी रामु भुसाल रहेको र घटना शनिबार दिउसो ३ बजे भएको थियो।