Friday, February 11, 2011

सन्धिखर्कको हाटबजार मेला एवम संचार प्रविधी

सन्धिखर्कको हाटबजार मेलामा अर्घाखाँचीको जगत, घोछेखोला, नरपानी, बिहार, गच्छेखोला लगायत जिल्ला बाहिर बुटवल, गोरुसिङे, कपिलवस्तुको चनौटा, सल्यान देखि तरकारीहरु आउने गर्दछ। व्यापारिकहरुका अनुसार सल्यानबाट आएको टमाटर लगायतका तरकारीहरुले राम्रो बजार लिएको देखिन्छ भने बाहिरबाट आयको तरकारीको तुलनामा जिल्लामा उत्पादित तरकारी बढी महँगो भएको देखिन्छ । तर जिल्लामा कृषिउपज बढी मात्रामा उत्पादन नहुनुले नै यसरी सिमित मात्रामा उत्पादन भएको तरकारीको भाउ बढी हुनु स्वभाबिक भए पनि जिल्लामा नै कृषकलाई सम्बन्धीत निकायबाट किसानहरुलाई आवश्यक पर्ने सरसुविधा दिदै यस क्षेत्रमा प्रोसाहित गर्नुपर्ने स्थानियहरु बताउन्छन। सन्धिखर्कको बस पार्कमा लाग्ने उक्त हाटबजार अव्यवस्थित लाई व्यवस्थित गर्न सम्बन्धित निकायको समय मै ध्यान जाहोस् भन्ने समेत स्थानियको गुनासो रहेको छ। सन्धिखर्कमा लाग्ने हाटबजार सँगै संचार प्रविधीको प्रतिस्प्रर्धा देखिन्छ सो अनुसार अर्घाखाँचीको सन्धिखर्क बजारका चोक, चोक लगायत गाउँ - गाउँमा मोबाईल फोनका सिम कार्ड बेच्नेहरु पनि देखिन्छन। जानकारहरुले बताए अनुसार हाल एन सेल पनि नेपाल टेलीकम सँगको कडा प्रतिस्प्रर्धामा खरो रुपमा उत्रिएको देखिन्छ। र सो कम्पनी आफ्नो पछिल्लो कारोबार बढाउने क्रममा बिक्री अजेन्टबाट सिमहरु सस्तो मुल्य अर्थात रु ५० मा नयाँ सिम कार्ड उप्लब्ध गराएको छ। तस्बिरहरु: शिक्षा रायमाझी