Monday, January 17, 2011

यूएईको दुबईमा गैरआवसीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन

गैरआवसीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सम्युत्त अरब एमिरेट्स यूएईको दुबईमा भब्यरुपमा सम्पन्न भएको छ। १२ बुदे दुबइ घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ। दुबइ स्थित क्राउन प्लाजा होटेलमा आयोजना गरिएको सो सम्मेलन खाडी मुलुकमा गरिएको दोस्रो सम्मेलन हो । नेपाल सरकारका उच्च अधिकारी सहित २२ मुलुकका ४ सय ४ जनाको सम्मेलनमा उपस्थिती रहेको थियो। सुरक्षित आप्रवासन र सामुहिक लगानी बिषयमा सम्मेलनमा ब्रिहत छलफल गरिएको थियो। मुलत:बैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि सरकारले अपनाउनु पर्ने अवधारणा तथा बिदेशमा रहेका नेपाली हरुको सामुहिक लगानीका सम्बन्धमा बहस गरिएको थियो। वर्तमान काम चलाऊ सरकारकी उप-प्रधान तथा पररास्ट्र मन्त्री सुजाता कोईराला तथा श्रम तथा यातायात ब्यबस्था मन्त्री मोहम्मद अफ्ताब आलम,प्रधानमन्त्रिका प्रमुख प्रेस सल्लाहकार रघु जि पन्त,संबिधान सभाका सदस्य,मध्यपुर्व क्षेत्रमा रहेका कुटनितिक नियोग प्रमुखहरुको उपस्थितीमा गत जनवरी १४ मा उद्घघाटन गरि सुरु भएको सम्मेलन १६ जनवरी आइतबार सम्म यूएईको दुबइमा भब्यरुपमा सम्पन्न भयो ।