हिन्दु धर्मालम्वीहरुको पवित्र चाड माघे सङ्क्रान्तिका अवसरमा सन्धिखर्क लगायत जिल्लाभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइयो । त्यस्तै माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिखोला र जिल्लाका गाउँ-घर नजिक रहेका खोलाहरुमा पनि स्नान गर्न अर्घाखाँचीबासी भक्तजनहरूको शनिवार बिहानैदेखि घुइँचो लागेको थियो। सन्धिखर्क, चुत्राबेसी बजारमा सयौ धर्मालम्वीहरुको घुँइचो लागेको थियो। यसैगरी माघे सङ्क्रान्तिकै अवसरमा सन्धिखर्कस्थित बागिना कला केन्द्र सन्धिखर्कले एक लोक दोहोरी तथा हास्य उत्सव मेला २०६७ को आयोजना गरेको थियो सो कार्यक्रममा अनेकौ गीत न् त्य लगायतका अनेकौ हास्य प्रस्तुती देखाइएको थियो। साथै यस वर्षको माघे सङ्क्रान्तिका अवसरमा नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको इतिहासमा विशिष्ट स्थान बनाउन सफल रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्माको विषेश उपस्थिती रहेको थियो। भने शिव परिवार, जीवन परिवार, जुना परिवार, कमल , जलजला लगायतका स्थानिय एवम अन्य राष्ट्रिय कलाकारहरुको पनि सहभागी रहेको थियो। अर्घाखाँचीडट्कमले यस वर्षको माघे सङ्क्रान्तिमा प्रत्क्षय भिडियो लाईभ गर्ने तयारी गरेता पनि प्रावधिक कारण गर्न सकेन सो को लागि सम्पूर्णमा क्षमा याचना गरेको छ। र अर्घाखाँचीडट्कमका सन्धिखर्क स्थित प्रावधिक सहयोगीहरु दिनेश विक र प्रदिप नेपालीले भिडियो, तस्बिरहरु लगायतका समाचार सामाग्रीको सन्कलन एवम सम्पादन गरेका थिए।-
Saturday, January 15, 2011
अर्घाखाँचीमा माघे सङ्क्रान्ति - २०६७
Posted by
THE TIMES OF ARGHAKHANCHI
at
11:01 AM