Saturday, December 11, 2010

अर्घाखाँचीमा सुन्तला उत्पादन र सन्धिखर्कबाट देखिने अनेकौ दृष्यहरु

यो वर्ष लगानीअनुरूप सुन्तला उत्पादन भएपछि कारोबार दोब्बर बढेको छ । अर्घाखाँचीको सन्धिखर्कमा सुन्तला किन्न ग्राहकको भीड लागेको देखिन्छ, खन र खनदहबाट किसानले सन्धिखर्क, बुटवल, भैरहवा, कपिलवस्तु लगायतका ठाउँमा बिक्री गर्न लैजाने गर्छन। उता हाम्रा बुटवल स्थित एक जना सम्बाददाताले उल्लेख गरे अनुसार बुटवलमा गत वर्ष ३६ हजार डोका सुन्तलाको कारोबार भएकामा यो वर्ष ५० हजार डोका कारोबार हुने अनुमान व्यवसायीको छ । सुन्तला बिक्रीबाट ८ करोडभन्दा बढीको कारोबार हुने अनुमान व्यापारीले गरेका छन् । यसैगरी एक डोका सुन्तलामा ५० देखि ५५ किलोसम्म हुने गर्छ भने मूल्य ५ सयदेखि २ हजारसम्म पर्ने गरेको र सुन्तला किलोमा पनि फरक-फरक मूल्य रहेको छ । प्रतिकिलो सुन्तलाको थोक मूल्य १२ रुपैयाँदेखि ३० रुपैयाँसम्म छ । यसैगरी अर्घाखाँचीमा अहिले बिहान,साझ अली जाडोको भएको महसुस गरिए पनि बातावरण सफा हुनुका साथै दिउसोमा घाम लागिरहेको र मंसिरको अन्त्य सँगै किसानहरु धान, पराल स्यार्न एवम नयाँ खेती लगाउन व्यस्त देखिन्छन। तस्बिरहरुमा सन्धिखर्कबाट देखिने अनेकौ दृष्यहरु एवम सुन्तला व्यवसायी, ग्राहक लगायत!